मंगलबार सेयर बजारको परिसूचक नेप्से १८ अंकले घटेको छ।
१८. ५ अंकले घटेसँगै परिसूचक २९२९ अंकमा कायम भएको छ। यस दिन कारोबार रकममा भने ठूलो गिरावट आएको छ।
हिजोको तुलनामा ४५ प्रतिशतले कारोबार रकम खुम्चिएको छ। हिजो ९ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ५ अर्ब १९ करोड रुपैयाँको कारोबार भयो।
कुल ४९ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनीको भने घटेको छ। ५ कम्पनीको मूल्य स्थिर रह्यो।
यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ ४, विकास बैंक ६६, फाइनान्स २६, होटल तथा पर्यटन १७, जलविद्युत ३०, जीवन बीमा १४४, उत्पादन ६७, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा २७७, अन्य ८ र ब्यापार समूह २२ अंकले घटे।
दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको हो।
यी कम्पनी हालै सूचीकृत भएका हुन्। आजको कारोबारपछि मनकामनाको मूल्य प्रतिकित्ता ७५५ तथा सानिमा लाइफको मूल्य ७२८ रुपैयाँ कायम भएको छ। रैराङ हाइड्रोपावरको मूल्य ५ प्रतिशतले बढ्यो।
राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै साढे ५ प्रतिशतले घट्यो। कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको २७ करोड रुपैयाँको सेयर किनबेच हुँदा दोस्रोमा रहेको रैराङ हाइड्रोको २२ करोडको कारोबार भयो।