बुधबार सेयर बजार ६० अंकले ओर्लिएको छ। सो अंकको गिरावटसँगै परिसूचक २८७६ अंकमा कायम भएको छ।
परिसूचकसँगै कारोबार रकम झनै घटेको छ। केही दिनयता कारोबार रकममा निरन्तर गिरावट आइरहेको छ।
हिजो ७ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ६ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको छ। भदौ ३ गते साढे २० अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा त्यसयता कारोबार रकम खुम्चिँदै आएको छ।
यस दिन सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ३१, ब्यापार ८२, होटल तथा पर्यटन ६४, विकास बैंक १५७, जलविद्युत ५३, फाइनान्स ९७, निर्जीवन बीमा ३२८, उत्पादन १८८, अन्य ६३, माइक्रोफाइनान्स ६७, जीवन बीमा ४२१ र लगानी समूह २ अंकले घटेका छन्।
यस दिन सानिमा लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ ४० पैसा पुगेको छ। एक्सल डेभलपमेन्ट बैंकको मूल्य ८.६ प्रतिशतले बढेको छ।
रैराङ हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढेको छ। युनिभर्सल पावरको मूल्य ७.६ र स्वरोजगार लघुवित्तको ६.९ प्रतिशतले मूल्य बढेको छ।
लाइफ इन्स्योरेन्स कम्पनी नेपालको मूल्य ६ प्रतिशतले घटेको छ। गुडविल फाइनान्सको ५.४, सिभिल लघुवित्तको ५.२ र गुहेश्वरी मर्चेन्टको मूल्य ५ प्रतिशतले घटेको छ।
युनाइेट मोदी हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड रुपैयाँको सेयर किनबेच भएको छ। अरुणभ्याली हाइड्रोपावरको २४ करोडको कारोबार भयो।
स्वरोजगार लघुवित्त, रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।