बुधबार सेयर बजार जम्मा १ अंकले बढेको छ। १.१४ अंकले बढेर परिसूचक नेप्से २९७६ अंकमा कायम भएको छ।
परिसूचक जम्मा १ अंकले बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ। यस दिन जम्मा ६८ कम्पनीको मूल्य बढ्यो भने १०५ कम्पनीको मूल्य घटेको छ। त्यस्तै ११ कम्पनीको मूल्य स्थिर रह्यो।
त्यस्तै कारोबार रकम पनि घटेको छ। हिजो १३ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज जम्मा ९ अर्ब ३५ करोडमा खुम्चिएको छ।
बैंकिङ ७, होटल तथा पर्यटन १३० र जीवन बीमा समूह ७४ अंकले बढे। अरु सबै समूह घटेका छन्। ब्यापार ७, विकास बैंक ४०, जलविद्युत १९, फाइनान्स ८७, निर्जीवन बीमा ६३, उत्पादन २, अन्य १ र माइक्रोफाइनानस समूह ५ अंकले घटे।
रुरु जलविद्युत कम्पनीको मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशतले बढ्यो। ओरियन्टल होटल, हिमालय उर्जा विकास र युनाइटेड मोदी हाइड्रोपावरको ६ प्रतिशतले मूल्य बढेको छ। सोल्टी होटलको मूल्य ५.७ प्रतिशतले बढ्यो।
सनराइज फस्ट म्युचुअल फण्डको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। लाभांश घोषणापछि मूल्य समायोजन भएपछि पनि कम्पनीको मूल्य प्रतिइकाई १ रुपैयाँ ३१ पैसाले घटेर ११ रुपैयाँ ८२ पैसामा झरेको छ।
त्यस्तै खानीखोला हाइड्रोको मूल्य ७.७ प्रतिशतले घटेको छ भने गुहेश्वरी मर्चेन्टको ६ प्रतिशतले मूल्य घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ५.७ तथा आइसिएफसी फाइनान्सको मूल्य ५.२ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको करिब ६० करोडको कारोबार भयो। युनाइटेड मोदी हाइड्रोको ३० करोडको कारोबार भयो। अपी पावरको २३ करोडको सेयर किनबेच भयो।