आइतबार सेयर बजारको परिसूचक नेप्से ४९.१ अंकले घटेको छ। सो अंकको गिरावटसँगै परिसूचक ३०४४ अंकमा झरेको छ। यस दिन १५ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भयो।
फाइनान्सबाहेक सबै समूह घटेका छन्। सो समूह २१ अंकले उक्लियो।
यस दिन बैंकिङ ३०, ब्यापार ६२, होटल तथा पर्यटन ३१, विकास बैंक ५३, जलविद्युत ८९, निर्जीवन बीमा २५३, उत्पादन ३८, अन्य ३६, माइक्रोफाइनान्स ११५, जीवन बीमा ३०४ र लगानी समूह १ अंकले घटे।
यस दिन दुई कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोको मूल्य १० प्रतिशतले बढेको हो। नारायणीको मूल्य बढेसँगै ११३७ रुपैयाँ पुगेको छ भने खानीखोलाको ४३२ रुपैयाँ कायम भएको छ।
अरुणभ्यालीको मूल्य साढे ७ र जानाकी फाइनान्सको मूल्य ७ प्रतिशतले बढ्यो। अघिल्लो कारोबार दिनसम्म १० प्रतिशतले मूल्य बढेको जीवन विकास लघुवित्तको मूल्य आज भने २.४ प्रतिशतले घट्यो। १२७ रुपैयाँ मूल्य घटेर प्रतिकित्ता ५ हजार ७१ रुपैयाँ कायम भएको छ।
रुरु जलविद्युत कम्पनीको मूल्य १० प्रतिशतले नै घटेको छ। सिंगटी हाइड्रोको मूल्य ७ प्रतिशतले घट्यो। गोर्खाज फाइनान्सको ५.७, सिइडिबी हाइड्रोको ५.२ प्रतिशतले मूल्य घट्यो।
कारोबार रकमका आधारमा अरुणभ्याली अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भयो। अरुणकाबेलीको ८७ करोड तथा जीवन विकासको ७४ करोडको सेयर किनबेच भयो।