बिहीबार सेयर बजारको परिसूचक नेप्से १७ अंकले उक्लेको छ।
यस दिन १७.५ अंकले बजार बढेर ३०९४ अंकमा पुगेको छ। दिउँसो २ः०५ बजे कम्पनीको मूल्य ३१०७ अंकमा पुगेको थियो। यस दिन नेप्सेको न्यूनतम अंक ३०७० सम्म रहेको थियो।
यस दिन १०२ कम्पनीको मूल्य बढ्दा ७९ कम्पनीको भने घटेको छ। ५ कम्पनीको मूल्य स्थिर रह्यो।
विकास बैंक २३८, फाइनान्स १२०, होटल तथा पर्यटन ११, जलविद्युत १७७ र माइक्रोफाइनान्स समूह ३८ अंकले बढे।
बैंकिङ ८, जीवन बीमा १५४, उत्पादन २५, निर्जीवन बीमा ५२, अन्य ६ र ब्यापार समूह ११ अंकले घटेका छन्।
११ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, अरुणभ्याली हाइड्रो, कर्पोरेट डेभलपमेन्ट, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो, जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै खानीखोला हाइड्रो, सिनर्जी पावर र दिव्यश्वरी हाइड्रोपावरको मूल्य पनि करिब १० प्रतिशतले बढ्यो।
घट्ने कम्पनीको मूल्य गिरावट दर भने ४ प्रतिशत मुनि नै रह्यो। गुडविल फाइनान्सको डिवेन्चर८३, सिटिजन्स म्युचुअल फण्ड२ र लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य क्रमशः ३.९, ३.४ र ३.३ प्रतिशतले घटेको छ। शिवम् सिमेन्टको मूल्य २.३ प्रतिशतले घट्यो।
कारोबारका आधारमा भने अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ९३ करोड रुपैयाँको सेयर किनबेच भयो। दोस्रोमा रहेको अरुण काबेलीको ४५ करोडको कारोबार भयो।