गत आर्थिक वर्षमा ९ खर्ब ६८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले रेमिट्यान्स बढेको हो।
गत आर्थिक वर्षको जेठ मसान्तसम्म ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएकोमा असार महिनामा मात्रै ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
गत आर्थिक वर्ष कुल १५ खर्ब ३९ अर्ब रुपैयाँको बस्तु आयात भएको छ।
सो आर्थिक वर्षको जेठ मसान्तसम्म १३ खर्ब ८३ अर्ब रुपैयाँको सामान आयात भएकोमा असार महिनामा मात्रै १ खर्ब ५६ अर्ब रुपैयाँको बस्तु आयात भएको छ। औसतमा महिनाको १ खर्ब २८ अर्ब २५ करोड रुपैयाँको बस्तु आयात हुने गरेको छ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष नेपालबाट भने जम्मा १ खर्ब ४१ अर्ब रुपैयाँको सामान बाहिरिएको छ। असार महिनामा जम्मा २० अर्ब रुपैयाँको सामान निर्यात भएको छ।
गत आर्थिक वर्ष १३ खर्ब ९८ अर्ब रुपैयाँको ब्यापार घाटा भएको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा बस्तु आयात २८.७ प्रतिशतले बढ्दा निर्यात भने ४४.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ।