सोमबार सेयर बजारमा जलविद्युत र फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण बढेको छ।
यस दिन समग्र नेप्से परिसूचक जम्मा १.५ अंकले बढेर ३१०९ अंकमा कायम भएको छ। दिनभर १४ अर्ब १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नेप्से जम्मा साढे १ अंकले बढे पनि जलविद्युत समूह ११९ र फाइनान्स समूह ९१ अंकले बढे। त्यस्तै निर्जीवन बीमा ३९ र अन्य समूह ८ अंकले बढे। तीबाहेकका सबै समूह घटेका छन्।
बैंकिङ १२, ब्यापार ४३, होटल तथा पर्यटन ३७, विकास बैंक ५३, उत्पादन ५५ र माइक्रोफाइनान्स समूह ५५ अंकले घटेका छन्।
यस दिन कुल ७९ कम्पनीको मूल्य बढेको छ भने १ सय कम्पनीको घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रह्यो।
यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर, जीवन विकास लघुवित्त, ङादी ग्रुप, युनियन लाइफ इन्स्योरेन्स र हिमालय उर्जा विकास कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो।
सारथी लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.३ प्रतिशतले घट्यो। कर्णाली लघुवित्त र नेरुढे लघुवित्तको मूल्य ३ प्रतिशतले घट्यो।
अरुणभ्याली हाइड्रोपावर कारोबारका आधारमा सबैभन्दा अगाडि रह्यो। सो कम्पनीको ६७ करोड रुपैयाँको सेयर किनबेच हुँदा दोस्रोमा रहेको माथिल्लो तामाकोसीको ५८ करोडको कारोबार भयो। अपि पावर र सिनर्जी पावरको क्रमशः ५३ र ५० करोडको कारोबार भयो।