नेपाल राष्ट्र बैंकले १ अर्ब २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रूपमा लगानी गर्ने भएको छ।
आगामी भदौ १ देखि लागू हुनेगरी २०७९ भदौ १ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन्।
राष्ट्र बैंकले ग वर्गका वित्तीय संस्थाहरूमा ६ करोड ३० लाख रुपैयाँ ख वर्गका विकास बैंकहरूमा १८ करोड ९० लाख र क वर्गका वाणिज्य बैंकहरूमा १ अर्ब ८० लाख रुपैयाँ निक्षेप जम्मा गर्नेछ।
न्यूनतम पुँजी कोष कायम गरेका, निष्क्रिय कर्जा सीमाभित्र रहेका लगायतका मापदण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाहरूले रकम जम्मा गर्नका लागि प्रस्ताव गर्नेछन्।