आइतबार १४ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ। नेप्से परिसूचक भने झिनो अंक ०.६६ ले बढेको छ।
परिसूचक ३ हजार १०८ अंकमा कायम भएको छ। दिउँसो १ बजे बजार २ हजार १२१ सम्म पुगे पनि वृद्धिदर सम्हालिन सकेन।
यस दिन ८२ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत रुपमा हेर्दा यस दिन बैंकिङ ०.०३ अंकले घटेको छ। होटल तथा पर्यटन ३९.९, जीवन बीमा १२५, लघुवित्त ७४, निर्जीवन बीमा २०२, अन्य २० रब्यापार ४० अंकले घटेका छन्।
विकास बैंक ६६, फाइनान्स २१, जलविद्युत ११५ र उत्पादन समूह ६ अंकले बढे।
जलविद्युत कम्पनीका लगानीकर्ता यस दिन बढी मूल्य कमाउन सफल भए। अपि पावर, युनिभर्सल पावर र ङादी ग्रुपको मूल्य १० प्रतिशतले बढ्यो।
कर्पोरेट डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्य पनि १० प्रतिशतले बढ्यो।
आजको कारोबारपछि युनियन लाइफको मूल्य प्रतिकित्ता ५३० रुपैयाँ ९० पैसा पुगेको छ भने जीवन विकासको १६५६ रुपैयाँ ८० पैसा पुगेको छ।
कर्णाली विकास बैंक र छ्याङ्दी हाइड्रोको मूल्य ९ प्रतिशतले बढ्यो। गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ। जनउत्थान सामुदायिक, सबैको, महिला र कालिका लघुवित्तको मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ।
धेरै कारोबार हुने १० कम्पनीमा सबै जलविद्युत कम्पनी परेका छन्। कारोबारका आधारमा अपि पावर सबैभन्दा अगाडि रह्यो।
कम्पनीको ८१ करोड रुपैयाँको कारोबार हुँदा दोस्रोमा रहेको अरुणभ्यालीको ६० करोड र तेस्रोमा रहेको युनिभर्सल पावरको ५४ करोडको कारोबार भयो।
ङादी ग्रप, बुटवल पावर, राधी विद्युत, अरुण काबेली, सानिमा माइ हाइड्रो, माथिल्लो तामाकोसी र सिनर्जी पावर कारोबारका आधारमा उत्कृष्ट दशभित्र पर्न सफल भए।