प्रभावित स्थानीयका लागि साहस ऊर्जाको आइपिओ साउन २९ देखि खुल्ला हुने भएको छ। ८६ मेगावाट क्षमताको दूधकोसी आयोजना सोलुखुम्बु जिल्लामा निर्माण भइरहेको छ।
प्रभावितले छिटोमा भदौ ११ र ढिलोमा २७ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० देखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। बिक्री प्रवन्धकका रुपमा एनआइबिएलएस क्यापिटल छ।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गरेको हो। दोस्रो चरणमा समपूर्ण सर्वसाधारणका लागि आइपिओ निष्कासन हुनेछ।
साहस उर्जाले कुल १ करोड ५ लाख कित्ता अर्थात १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ।
इक्रा नेपालले कम्पनीको आइपिओलाई बीबी प्लस रेटिङ प्रदान गरेको छ। आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड अनुमान छ।