एनएमबि बैंकले सबै उमेरका लगानीकर्ता लक्षित गरी शून्य मौज्दातमा 'एनएमबि इन्भेस्टर सेभिङ्स' योजना ल्याएको छ।
यो बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजका साथै पाँच वर्षका लागि निः शुल्क डिम्याट तथा मेरो सेयर, निः शुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आइपिएस मार्फत निः शुल्क अन्तर बैंक रकम ट्रान्सफर, निः शुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफोलियो म्यानेजमेन्टको सेवासँगै परामर्श सेवा प्रदान गर्ने बैंकले जनाएको छ।
एनएमबिले लगानीकर्तालाई बचतसँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एनएमबि बैंक विगत चार वर्षमा तीन पटक 'द बैंक अफ दि इयर' बाट सम्मानित भएको छ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको हो।
योजनाबारे थप जानकारीका लागि call@nmb.com.np मा इमेल वा ०१–५९७१५० मा फोन गर्न सकिनेछ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटिएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।