सेयर बजारमा जीवन विकास लघुवित्त कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको छ।
नेप्सेले सो कम्पनीको पहिलो कारोबार मूल्य ३०५ रुपैयाँदेखि ९१५ रुपैयाँ ८१ पैसासम्मको सीमा दिएको थियो।
कम्पनीको माथिल्लो मूल्यमै पहिलो कारोबार भएसँगै मूल्य पनि बढेको छ। बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ९८९ रुपैयाँ १० पैसा पुगेको छ। दिनभर १० पटक १० कित्ताका दरले मात्रै सेयर किनबेच भएको छ।
यस दिन सो कम्पनीको जम्मा ९५ हजार २५७ रुपैयाँको १ सय कित्ता सेयर कारोबार भयो। पहिलो कारोबारमा १७ नम्वरको ब्रोकरले ५९ नम्वरको ब्रोकरलाई सेयर बिक्री गरेको छ। आज दिनभर सो कम्पनीको ९ पटक कारोबार भएको छ।
जीवन विकास लघुवित्त कम्पनीको वित्तीय स्थिति अरु लघुवित्तको तुलनामा मजबुत देखिएको छ। आव २०७६–७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा छ।
त्यस्तै प्रतिसेयर नेटवर्थ ३०७ रुपैयाँ छ। कम्पनीको निष्क्रिय कर्जा चैत मसान्तसम्म ०. ६ प्रतिशत छ।