कुमारी बैंकमा सिइओ सुरेन्द्र भण्डारीको कार्यकाल सकिएको छ। ४ वर्षको कार्यकाल समापन गरी भण्डारीले अवकाश लिएका छन्।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकमा भण्डारीले परिवार तथा समाजप्रति अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएकाले पदबाट विदा लिएको बताए।
सो बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ।
३५ वर्षको लामो बैंकिङ करियर बोकेका भण्डारीले विभिन्न बैंकमा सिइओको रुपमा मात्रै २१ वर्ष कार्यभार सम्हाले।
उनको कार्यकालमा बैंकले प्रशंसनीय स्तरोन्नति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ। बैंकले उनकै कार्यकालमा विभित्र ७ वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर व्यवसायिक दायरा बढाएको छ।
उनले नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना दिए।