बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।
यस दिन परिसूचक १९ अंकले बढेर २८४३ अंकमा कायम भएको छ। कारोबार रकम पनि बढेको छ। हिजो जम्मा ५ अर्ब ८३ करोडको सेयर किनबेच भएकोमा आज ६ अर्ब ७० करोड पुगेको छ।
यस दिन निर्जीवन बीमाबाहेकका सबै समूह बढेका छन्। सो समूह ५ अंकले घटेको छ।
बैंकिङ ३, ब्यापार १९, होटल तथा पर्यटन १३८, विकास बैंक १५२, जलविद्युत २१, फाइनान्स ६३, उत्पादन २, अन्य ३६, माइक्रोफाइनान्स २, जीवन बीमा ७४ र लगानी समूह १ अंकले बढ्यो।
यस दिन ओरेन्टल होटलको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, गुडविल फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो। बेष्ट फाइनान्सको मूल्य ८ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोको मूल्य ७ प्रतिशतले बढेको छ।
यस दिन मूल्य घट्ने कम्पनीको गिरावट दर ३ प्रतिशतमुनि नै रह्यो। एनएलजी इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै २.४ प्रतिशतले घटेको छ। राधि विद्युत, सूर्योदय लघुवित्त, नेसनल हाइड्रो र लक्ष्मी लघुवित्तको मूल्य २ प्रतिशत धेरैले घटेको छ।
कारोबारका आधारमा नेको इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ३० करोडको कारोबार हुँदा दोस्रोमा रहेको ज्योति विकास बैंकको १८ करोडको कारोबार भयो।