नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्।
मन्त्रालयले नियूक्त गरेसँगै उनले सोमबार नै पदबहाली गरेका छन्।
पदबहाली गर्दै मैनालीले पुँजी बजारको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए। पुँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा सघाउ पुग्ने उनले बताए।
मैनालीले राजश्व अनुसन्धान विभागको महानिर्देशक भइ जिम्मेवारी सम्हालिसकेका छन्। लक्ष्मण न्यौपानेको कार्यकाल सकिएसँगै मैनालीलाई नियुक्त गरिएको हो।