ग्राहकलाई सरल तथा सुलभ सेवा पुर्याउन नवीनतम योजनाहरु ल्याउन अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ।
कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा सुरक्षालाई प्राथमिकतामा राख्दै कम्पनीले ‘डिजिटल सिटिजन अभियान अन्तर्गत सेवा थालेको हो।
यसअन्तर्गत सेवाग्राही÷बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा जानु पर्दैन। इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ। कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाइनबाटै आवश्यक कागज पत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडि बढाउन सकिन्छ।
सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसंग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाँडो भई बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ।
अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत १ बर्ष देखी सञ्चालनमा छ। कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ।
यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाको लागि इसेवा, फोनपे, कनेक्ट आइपिएस लगायतका डिजिटल बैकिङ्ग सुविधा उपलव्ध गराएको छ।