सेयर बजारमा राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा महँगो भएको छ। सेयर मूल्यका आधारमा युनिलिभर सबैभन्दा महँगो रहँदै आएकोमा हाल बीमा कम्पनीले जितेको हो।
आइतबार बजार बन्द हुँदा राष्ट्रिय बीमा कम्पनीको मूल्य प्रतिकित्ता २३ हजार २ सय रुपैयाँ पुगेको छ। यस दिन कम्पनीको मूल्य ७ प्रतिशत बढीले बढेको हो। युनिलिभरको मूल्य भने यस दिन बजार बन्द हुँदा प्रतिकित्ता २० हजार रुपैयाँ रह्यो।
राष्ट्रिय बीमा कम्पनीको आजको सेयर मूल्य अहिलेसम्मकै उच्च हो। २०७७ भदौ २२ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ हजार ७५५ रुपैयाँ थियो। एक वर्षकै अन्तरमा कम्पनीको मूल्य दुई गुणाभन्दा धेरैले बढेको छ। कम्पनीकाे सेयरमा हाल जाेखिम बढेको छ।
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १३५ रुपैयाँ २ पैसा छ। प्रतिसेयर नेटवर्थ १२६३ रुपैयाँ ८८ पैसा छ।
त्यस्तै चैत मसान्तसम्म युनिलिभर कम्पनीको प्रतिसेयर आम्दानी ३४९ रुपैयाँ छ। प्रतिसेयर नेटवर्थ २६६६ रुपैयाँ छ।
विगत एक वर्षमा कम्पनीको मूल्य सबैभन्दा धेरै २०७७ मंसिर १० गते २१ हजार ७ सय रुपैयाँ रहेको थियो भने सबैभन्दा न्यून गत कात्तिक ३ गते १७ हजार ४५३ रुपैयाँ रहेको थियो।