सोमबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ। यस दिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
जुन रकम अहिलेसम्मकै उच्च हो। केही दिनअघि ११ अर्ब ९५ करोडको कारोबारले रेकर्ड बनाएको थियो।
कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक पनि उच्च अंकमा पुगेको छ। ३ अंकले बढेर परिसूचक २८२३ अंकमा कायम भएको छ। बैंकिङ ४, जलविद्युत ५ र निर्जीवन बीमा १९६ अंकले बढेका छन्।
ब्यापार ५७, होटल तथा पर्यटन १७, विकास बैंक ३२, फाइनान्स ३६, उत्पादन ४७, अन्य ९, माइक्रोफाइनान्स ५ र जीवन बीमा समूह ५५ अंकले घटेका छन्।
बरुण हाइड्रोपावर, युनाइटेड इदी मर्दी र माउन्टेन हाइड्रोको मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै ग्रीन डेभलपमेन्टको मूल्य साढे ९ प्रतिशतले बढ्यो। जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य ७ प्रतिशतले बढेको छ।
कम्पनीले हालै हकप्रद निष्कासनका लागि स्वीकृति पाएको छ।
एक्सल डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै साढे ४ प्रतिशतले घटेको छ। कारोबारका आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब २६ करोडको कारोबार भयो।