सोमबार सेयर बजारमा हरियाली छाएको छ। यस दिन २७.४१ अंकले बढेर बजार २६४५ अंकमा कायम भएको छ।
यस दिन कारोबार रकम भने खुम्चिएको छ। जम्मा ४ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ।
सबै समूहहरु हरियाली भएका छन्। बैंकिङ ३, ब्यापार १९, होटल तथा पर्यटन ११, विकास बैंक १८, जलविद्युत १५, फाइनान्स १०, निर्जीवन बीमा ३४६, उत्पादन १३३, अन्य ७९, माइक्रोफाइनान्स ५०, जीवन बीमा १३७ र लगानी समूह १ अंकले बढेका छन्।
यस दिन तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। राष्ट्रिय बीमा कम्पनीको साधारण र संस्थापक दुवै समूहको मूल्य १० प्रतिशतले बढेको छ। सो मूल्य बढेपछि साधारणको मूल्य १९२५० र संस्थापकको मूल्य १६९५१ रुपैयाँ पुगेको छ।
त्यस्तै समता लघुवित्त र रुरु हाइड्रोको मूल्य पनि १० प्रतिशतको हारहारीमा बढेको छ। आजको मूल्य वृद्धिपछि समताको मूल्य ८८४ र रुरुको ६०२ रुपैयाँ पुगेको छ।
विशाल बजारको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। १० प्रतिशत मूल्य घटेसँगै कम्पनीको मूल्य प्रतिकित्ता ५४४१ रुपैयाँ पुगेको छ।
कारोबारका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको २७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा माथिल्लो तामाकोसीको १९ करोडको कारोबार भयो।