पछिला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफर र अष्ट्रेलियाको चर्चित रेमिटयान्स कम्पनी पेरू रेमिटबीच सम्झौता भएको छ।
सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स भुक्तानी गर्न अझ सहज भएको छ। नेपालीले आफ्नो कम्युटर तथा मोबाइलबाटै कम लागतमा आफ्नो बैंक एकाउन्टमा तथा इसेवा वालेमा रियल टाइममा रेमिट्यान्स पठाउन सकिनेछ।
साथै पेरू रेमिट मार्फत पठाएको रकम इसेवा मनी ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ।
सम्झौतापछि इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले पेरू रेमिटसँगको सहकार्यले अष्ट्रेलियामा रहेका नेपालीलाई पैसा पठाउन भर पर्दो माध्यम बनेको बताए।
यस्तै पेरू रेमिटका प्रबन्ध निर्देशक इश्वर दाहालले अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउँदा व्यहोर्नुपर्ने झन्झट र डरलाई प्रविधिको प्रयोगबाट सुरक्षित सरल र वैधानिक माध्यममा ल्याउन सकिने बताए।
गैरकानुनी ढंगबाट देशमा भित्रिने रेमिट्यान्स्लाई वैधानिक तवरले भित्र्याउँदा देशको अर्थतन्त्रमा टेवा पुग्ने उनले बताए।
पेरू रेमिट अष्ट्रेलियामा आधारित रेहर रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो, जहाँबाट अष्ट्रेलियामा रहेका नेपालीहरूले सहज, सुरक्षित र कम लागतमा रेमिट्यान्स पठाउन सकिनेछ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।