मंगलबार ६ अर्बको सेयर कारोबार भएको छ। हिजो साढे ७ अर्बको कारोबार भएकोमा यस दिन ६ अर्ब ५ करोडमा सीमित भएको हो।
दिनभरको उतारचढावका वाबजुत बन्द हुँदा बजार जम्मा १.९ अंकले मात्रै बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६५४ अंकमा कायम भएको छ। बजारको पुँजीकरण ३६ खर्ब ८३ अर्ब पुगेको छ।
बैंकिङ ७, होटल ३५, विकास बैंक ११, फाइनान्स ३, निर्जीवन बीमा ३६, अन्य २० र जीवन बीमा समूह ६४ अंकले घटेका छन्। ब्यापार ९२, जलविद्युत ३०, उत्पादन ६ र माइक्रोफाइनान्स १३७ अंकले बढेका छन्।
यस दिन ९ कम्पनीका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाएका छन्।
समता लघुवित्त, महिला लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत, रुरु जलविद्युत, सिंगटी हाइड्रोपावर, विशाल बजार कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र पन्चकन्या माइ हाइड्रोको मूल्य करिब १० प्रतिशतले बढेको हो।
चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै २ प्रतिशत हाराहारीमा गुमाएका छन्।
कारोबारका आधारमा एनसिसी बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २३ करोड रुपैयाँ बराबरको कारोबार भयो।