अब घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले पनि एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ।
२०७८ असार मसान्तको वित्तीय विवरण नै नेपाल वित्तीय प्रतिवेदनमान (नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डस्) ढाँचामा तयार गर्नुपर्ने छ।
राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै सोको ढाँचा लघुवित्त कम्पनीहरुलाई प्रदान समेत गरेको छ।
हाल वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले यसै ढाँचाअनुसार वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन्।