बिहीबार सेयर बजारको परिसूचक नेप्से १५.८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६४८ अंकमा कायम भएको छ।
यस दिन ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आजको कारोबारपछि बजारको पुँजीकरण ३६ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।
बैंकिङ ९, ब्यापार ११, विकास बैंक ३८, जलविद्युत ४, फाइनान्स १, निर्जीवन बीमा ११४, उत्पादन ४७, अन्य २१, माइक्रोफाइनान्स ५३, जीवन बीमा ११४ अंकले बढेका छन्। होटल तथा पर्यटन समूह भने ५२ अंकले घटेको छ।
यस दिन ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ र एनसिसी बैंकको मूल्य १० प्रतिशतले बढेको छ।
एनसिसी बैंकको नविलसँग मर्ज प्रक्रिया अघि बढ्न खोजेको चर्चा बजारमा चलेपछि सो बैंकको मूल्य एकाएक १० प्रतिशतले बढेको हो।
आजको कारोबारपछि विशाल बजार कम्पनीको मूल्य प्रतिकित्ता ३१६८, सिन्धु विकास बैंकको २८६, महिला लघुवित्तको १९४२, ग्रीन डेभलपमेन्ट २३२, ज्योतिको ९०८, एनसिसीको ३४६ रुपैयाँ कायम भएको छ।
हिमालय उर्जा विकास कम्पनीको मूल्य सबैभन्दा धेरै ३.४४ प्रतिशतले घटेको छ। कारोबारका आधारमा पनि यस दिन एनसिसी बैंक अग्रस्थानमा रह्यो।
सो कम्पनीको ६२ करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै निफ्राको २५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य भने घटेको छ।