रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी रकमवापत ४ करोड रुपैयाँ भुक्तानी गरेको छ।
रिलायबल सुलभ जीवन बीमा गरेका बीमित हरिप्रसाद पन्तको हृदयघातबाट मृत्यु भएकोमा बुधबार उनकी पत्नी परु देवी पन्तलाई सो रकम हस्तान्तरण भएको हो।
बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा समितिका अध्यक्ष सिलवालले बीमा झन्झटिलो र भुक्तानी नपाइने भन्ने कथनलाई रिलायबल नेपालले गलत सावित गरिदिएको टिप्पणी गरे।
यो भुक्तानीले बीमा क्षेत्रमा विश्वसनियता बढाउने काम भएको उनको भनाइ छ।
संचालक समितिका अध्यक्ष उदय नेपालीले रिलायबलले नामअनुसारकै काम गर्ने प्रतिबद्धता जनाए। सिइओ नारायणबाबु लोहनीले भुक्तानी यथाशीघ्र गर्ने कम्पनीको दायित्व भएको उल्लेख छ।
हालसम्म परेका दावीमध्ये ९९ प्रतिशत भुक्तानी भइसकेको उनले बताए।