साताको पहिलो दिन आइतबार सेयर बजारमा ३५ अंकको पहिरो गएको छ। यस दिन ३५.८९ अंकले घटेर परिसूचक २६९९ अंकमा झरेको छ।
कारोबार रकम भने उल्लेख्य बढेको छ। कुल ८ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि बिहीबार ८ अर्ब ६३ करोडको भएको थियो। म्युचुअल फण्डबाहेक सबै समूहहरु यस दिन घटेका छन्।
बैंकिङ ३३, ब्यापार १२५, होटल तथा पर्यटन ९२, विकास बैंक ४८, जलविद्युत ३२, फाइनान्स १६, निर्जीवन बीमा १८३, उत्पादन ६७, अन्य २१, माइक्रोफाइनान्स ५०, जीवन बीमा १११ अंकले घटेका छन्। म्युचुअल फण्ड ०.०६ अंकले मात्रै बढेको छ।
यस दिन २ कम्पनीको मूल्य करिब १० प्रतिशतले नै बढेको छ। महिला लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढेको हो।
अरु दुई कम्पनी दिव्यश्वरी हाइड्रोपावरको मूल्य ९.४ र नेपाल हाइड्रो डेभलपर्सको मूल्य ९ प्रतिशतले बढेको छ।
गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ। कारोबारका आधारमा यस दिन एभरेष्ट बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ८७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य भने प्रतिकित्ता ३ रुपैयाँ घटेर ८११ रुपैयाँ कायम भयो।
त्यस्तै एनआइसी एसिया लघुवित्तको ५५ करोड रुपैयाँ बराबरको कारोबार भयो। मूल्य प्रतिकित्ता १८६८ बाट बढेर १८९९ पुगेको छ। निफ्रा, अरुण काबेली पनि धेरै कारोबार हुने कम्पनीमा अगाडि रहे।