चैतको पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा निक्षेप २३ अर्ब थपिँदा कर्जा भने ३४ अर्बले बढेको छ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार चैत २० गतेसम्म वाणिज्य बैंकहरुमा ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २७ गतेसम्म ३९ खर्ब १३ अर्ब पुगेको छ।
त्यस्तै २० गतेसम्म ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २७ गतेसम्म आउँदा ३५ खर्ब ३५ अर्ब पुगेको छ। पछिल्लो समय बैंकहरुमा थपिएको निक्षेपभन्दा कर्जा प्रवाहको दर उच्च छ।
यसले बैंकहरुमा लगानीयोग्य रकम (तरलता) घट्दै गएको जनाउँछ। तरलता घट्दै जाँदा यसले ब्याजदरमा दवाव पुग्छ। वैशाखदेखि निक्षेपमा केही ब्याजदर बढ्न सक्ने अनुमान छ।