साल्ट ट्रेडिङ कर्पोरेसनले २५ प्रतिशत लाभांश दिने भएको छ।
सोमबार ४ बजे बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव उमेश ओझाले जानकारी दिए।
सोमबार मात्रै कम्पनीको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँले बढेर प्रतिकित्ता १३ हजार १०२ रुपैयाँ कायम भएको छ।
एक महिनाअघि कम्पनीको मूल्य प्रतिकित्ता १० हजार ४५० रुपैयाँ रहेको थियो। कम्पनीको १९ लाख २० हजार २४६ कित्ता सेयर बजारमा सूचीकृत छ।