मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ वटा नयाँ शाखा विस्तार गरेको छ।
ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउन नयाँ शाखा विस्तार गरिएको संस्थाले जनाएको छ ।
नयाँ शाखा कार्यालयहरूको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरेका थिए।
सोमबार विस्तार गरिएका नयाँ शाखा प्रदेश १ को डाइनियाँ (मोरङ), हरिनगर (सुनसरी), खिजी फलाँटे (ओखलढुंगा) प्रदेश २ को माधवनारायण (रौतहट), जावख (महोत्तरी) कबिलासी (सर्लाही), दहिपौडी (सिरहा), विष्णुपुर (सप्तरी) प्रदेश ५ को वैकुण्ठपुर (रुपन्देही) रहेका छन्।
प्रमुख कार्यकारी अधिकृत दाहालले संस्थाले लघुवित्त सेवा सुविधाका अतिरिक्त स्थानीय सिप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पुर्याउन र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरूलाई व्यवसाय वृद्धिमा वित्तीय सहयोग हुने विश्वासले नयाँ शाखा विस्तार गरिएको बताए।
उनले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको बताए।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसँगै ६१ जिल्लामा १३० शाखा पुगेका छन्।