सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आइपिओको नतिजा हेर्नका लागि नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ।
सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सिडिएसको वेबसाइटबाट आइपिओको नतिजा हेर्दा चाप धान्न नसकेपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो।
शनिबार सिडिएसले सूचना जारी गर्दै अब आइपिओको नतिजा iporesult.cdsc.com.np बाट हेर्न सकिने जनाएको छ ।
यसअघिसम्म विभिन्न संचार माध्यमहरुले समेत आइपिओको नतिजा राख्दै आएका थिए। लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने संभावित जोखिमलाई न्यूनीकरण गर्न भनेर सिडिएसले तीन वटा मात्र वेबसाइटबाट नतिजा हेर्न मिल्ने व्यवस्था गरेको थियो। तर शुक्रबार महिला लघुवित्तको आइपिओको नतिजा हेर्न समस्या भएपछि नयाँ वेबसाइट ल्याइएको हो।