सेयर बजारको परिसूचक नेप्से बुधबार १२.५६ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २५९९ अंकमा कायम भएको छ।
यस दिन ६ अर्ब ७० करोड रुपैयाँको सेयर किनबेच भयो।
यस दिन बैंकिङ १५, ब्यापार १.६५, होटल ४६, विकास बैंक १८, फाइनान्स ५, निर्जीवन बीमा १८४, माइक्रोफाइनान्स २२, जीवन बीमा १८० र उत्पादन समूह ५४ अंकले बढेका छन्। जलविद्युत २२ र अन्य समूह १० अंकले ओर्लिएका छन्।
यस दिन आइएमई जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो। नेपाल फाइनान्स, चन्द्रागिरि हिल्सको मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ। वाणिज्य बैंकहरुमा नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले बढ्यो।
नेपाल बैंक कारोबारका आधारमा पनि अगाडि रह्यो। सो कम्पनीको ५८ करोडको कारोबार हुँदा मूल्य ५ प्रतिशत बढेर प्रतिकित्ता ४७७ रुपैयाँ कायम भयो।
निफ्राको ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो भने नेको इन्स्योरेन्सको २३ करोड ८३ लाखको सेयर कारोबार भयो।
यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशतले घट्यो सो कम्पनीको मूल्य प्रतिकित्ता ५६२ रुपैयाँमा झरेको छ। निफ्राको सेयर कारोबारमा केही घण्टा समस्या उत्पन्न भएको थियो।
अरुण भ्याली हाइड्रोपावर, आरम्भ चौतारी लघुवित्तको मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ।