नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार पुनः सुचारु भएको छ।
सिस्टममा आएको समस्या हल भएपछि कारोबार पुनः सुरु भएको हो। कारोबार खुल्ने बेला ११ बजेदेखि नै निफ्रामा समस्या देखिएको थियो।
हिजो कारोबार बन्द हुँदा मूल्य प्रतिकित्ता ५९४ रुपैयाँ कायम भएको कम्पनीको मूल्य आज कारोबार सुरु हुँदा ‘लास्ट ट्रेडेड प्राइस’ एक्कासी जीरो देखिएपछि समस्या आएको थियो।
साढे २ बजेतिर ६ प्रतिशत मूल्य घटेर कारोबार भइरहँदा माग र पूर्ति पक्ष केही सन्तुलित देखिएको छ। निफ्रा हालै बजारमा सूचीकृत भएको कम्पनी हो।
यसको २० करोड कित्ता सेयर सूचीकृत छ। यसअघि हिजो कम्पनीको मूल्य १० प्रतिशतले घटेको थियो।