फागुनको पहिलो साता पनि बैंकहरुमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह धेरै देखिएको छ।
फागुन १ देखि ७ गतेसम्म १८ अर्ब निक्षेप संकलन हुँदा १३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार फागुन ७ गतेसम्म २७ वाणिज्य बैंकहरुमा स्थानीय र वैदेशिक मुद्रा गरी कुल ३७ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।
जवकि माघ ३० गतेसम्म ३७ खर्ब ८६ अर्ब संकलन भएको थियो।
त्यस्तै फागुन ७ गतेसम्म ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। जवकि माघ ३० गतेसम्म ३३ खर्ब १७ अर्ब रुपैयाँ प्रवाह भएको थियो।
पछिल्ला साता बैंकहरुको निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढेको छ। जसकारण लगानीयोग्य रकम टाइट हुने संकेत देखिएको छ।
हेर्नुस्- ह्वात्तै बढ्यो बैंकहरूको ऋण प्रवाह, तरलता ‘टाइट’ हुने संकेत