यो साताको सेयर बजार बैंकिङ समूहले डोहोर्यायो।
गत बिहीबार परिसूचक २५३७ अंकमा रहेकोमा हिजो बिहीबार २६०८ अंकमा पुग्यो। एक सातामा नेप्से परिसूचक ७१ अंकले बढेको छ।
यस साता विशेषतः बैंकिङ समूहमा उल्लेख्य वृद्धि देखिएको छ। सो समूह एक सातामा १२४ अंकले बढेको छ।
त्यस्तै माइक्रोफाइनान्स समूह १५२ अंकले बढेको छ। जीवन बीमा समूह ४३ अंकले बढ्यो।
निर्जीवन बीमा समूह ७८ अंकले बढ्यो भने फाइनान्स ८ र ब्यापार समूह १०४ अंकले बढेका छन्। त्यस्तै अन्य समूह ७७ अंकले बढेको छ।
यस साता होटल ३९ अंकले घटेको छ भने जलविद्युत ११ र उत्पादन समूह ९६ अंकले घटेका छन्।
यो साता बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को मूल्य दैनिक १० प्रतिशतका दरले बढेको छ।
आइतबार सूचीकृत भएको कम्पनीको बजार मूल्य ५४६ रुपैयाँ कायम भएको छ। आगामी साता पनि यो कम्पनीको मूल्य कता जाला भन्ने चासो धेरैमा छ।
कारोबारका आधारमा ग्लोबल आइएमई बैंक, नविल बैंक, नेपाल टेलिकम यो साता अगाडि रहे।