सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमन शर्मा नियुक्त भएका छन्।
जनकशर्मा पौड्यालले राजीनामा दिएपछि संचालक समितिले शर्मालाई सिइओमा नियुक्त गरेको हो।
संचालकहरुबीचको विवादपछि पौड्यालले कार्यकाल नसकिँदै १९ महिनामा राजीनामा दिएका थिए।
नवनियुक्त सिइओ शर्माले यसअघि माछापुच्छ्रे बैंक सम्हालेका थिए। उनको माछापुच्छ्रेमा गत फागुन अन्तिममा कार्यकाल सकिएको थियो।
बैंकका सिइओ अर्को बैंकमा जानुअघि ६ महिनाको कुलिङ पिरियड लागू गर्नुपर्ने व्यवस्था छ।