चन्द्रागिरि हिल्सको आइपिओ दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीको कोड ‘सिजिएच’ रहेको छ। कम्पनीको पहिलो कारोबार मूल्य सीमा प्रतिकित्ता ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसासम्म तोकिएको छ। अर्थात पहिलो पटक कारोबार हुँदा सो मूल्यको बीचमा हुनेछ।
चन्द्रागिरि हिल्सको आरटिएस सम्वन्धी सेवा ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। स्टक एक्सचेन्ज र कम्पनीबीच सेयर सूचीकरणको सम्झौता भएको दोस्रो दिनबाट सेयर कारोबार सुरु हुनेछ।
कम्पनीको प्रधान कार्यालय चन्द्रागिरि नगरपालिका वडा नम्वर ४ थानकोटमा छ। कम्पनीले केवलकार र रिसोर्ट सञ्चालन गर्दै आएको छ।
माघ ९ गते कम्पनीको आइपिओ बाँडफाँड भएको हो। कम्पनीको आइपिओ भर्ने सबैले चन्द्रागिरि केवलकार चढ्दा १ वर्षसम्मका लागि २५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।