पूर्वसचिव सूर्यप्रसाद सिलवाललाई सरकारले बिमा समितिको अध्यक्ष नियुक्त गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बिमा समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गरेको हो । गृहसचिवबाट सेवा निवृत्त भएका सिलवाल उद्योग सचिव पनि भएका थिए।
बीमा समितिको अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ ।
गत २३ पुसमा तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईं अवकाश भएपछि बिमा समिति नेतृत्वविहीन थियो। नेपालमा अहिले १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र एउटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन्।
यी बिमा कम्पनीको नियमन तथा सुपरिवेक्षणको काम बिमा समितिले गर्दै आएको छ।