एनआइसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने प्रणाली सुरु गरेको छ।
ग्राहकले जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरेर नयाँ डेबिट कार्डको आवेदन भर्न सक्छन्।
ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भनेर बैंकले आफ्नो वेबसाइटमा रहेको आइसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड भर्न सकिने व्यवस्था मिलाएको हाे।
यो बैंकको ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ।