मंगलबार सेयर बजारमा करिब १८ अंकको करेक्सन देखिएको छ। १७.७९ अंक घटेसँगै परिसूचक २४२३ अंकमा झरेको छ। यस दिन ८ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।
होटल ५४ र फाइनान्स समूह १३ अंकले बढे। अरु सबै समूहहरु घटेका छन्।
बैंकिङ ६, ब्यापार ९२, विकास बैंक २९, जलविद्युत २७, निर्जीवन बीमा ९८, उत्पादन ४१, अन्य २६, माइक्रोफाइनान्स ५९ र जीवन बीमा ४१ अंकले घटेका छन्।
गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड फाइनान्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। त्यस्तै शिवश्री हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.९ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भयो। कम्पनीको घोषित लाभांशका लागि आज खरिद गर्नुपर्ने अन्तिम दिन थियो।
कम्पनीको मूल्य प्रतिकित्ता २८७२ रुपैयाँ कायम भएको छ। त्यस्तै नेपाल बैंकको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।