माघको सुरुआतमा बैंकहरुको निक्षेप संकलन घटेको छ।
माघ २ गतेसम्म कुल ३७ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा माघ ९ गते आउँदा १० अर्ब घटेर ३७ खर्ब ६९ अर्ब रुपैयाँ कायम भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक छ।
त्यस्तै पुस २९ गते ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो।
माघको सुरुआतमा कर्जा प्रवाह भने ११ अर्ब बढेको छ। माघ २ गतेसम्म कुल ३२ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ९ गते ३२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।
कुनै साता निक्षेप घटेपनि समग्रमा बढ्दै गएको बैंकर्स संघको भनाइ छ। पुसको ३ गतेदेखि माघको ९ गतेसम्म आउँदा समग्र निक्षेप ५२ अर्बले बढेको छ भने सो अवधिमा कर्जा प्रवाह १ खर्ब २४ अर्बले बढेको छ।