फोनपेसँगको सहकार्यमा एभरेष्ट बैंकले अनलाइनबाटै राजश्व तिर्न मिल्ने सेवा थालेको छ।
बैंकका सिइओ जी.के. नेगी, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको हो।
महालेखा नियन्त्रक कार्यालयको सहयोगकै कारण एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू भएको बैंकले जनाएको छ।
यो विद्युतीय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान हुने बैंकको दावी छ।
हाल कोभिड-१९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रियाको अन्त्य हुने बैंकले जनाएको छ।
यस बैंकका हालसम्म ११ लाखभन्दा बढी ग्राहक छन्। देशभर १०० शाखा संजाल, प्रादेशिक कार्यालय, १३२ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट आधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ।