आवेदकले सिधै अनलाइनबाट प्राथमिक सेयर भर्ने एक मात्रै विकल्प हाल मेरो सेयर हो। सिडिएससीले सञ्चालनमा ल्याएको मेरो सेयरमा बारम्बार समस्या आउने गरेको छ।
शुक्रबारदेखि चन्द्रागिरि हिल्सको आइपिओ खुलेको छ। तर यसै दिन मेरो सेयरबाट आवेदन दिन खोज्ने हजारौं आवेदकले समस्या ब्यहोर्नुपर्यो।
‘यो बारम्बार आउने गरेको समस्या हो, सिडिएससीलाई यसबारे राम्ररी थाहा छ’ सेयर लगानीकर्ता मनोहर तिम्सिनाले भने।
सुरुका दिन लोड बढी हुने भएकाले सामान्य समस्या आएको हुन सक्ने सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन्।
उनले भने ‘लोड अत्याधिक भएकाले साइट नखुलेको मात्रै हो’ उनले सेतोपाटीसँगको कुराकानीमा भने ‘तर आवेदकले भर्नै नपाएको अवस्था होइन, अहिले आवेदन परिरहेको छ, चन्द्रागिरि हिल्समा ओभरसब्स्क्राइब्ड भइसकेको छ।’
सामान्य अवस्थामा १५ देखि २० हजारले मेरो सेयर चलाउने गरे पनि आइपिओ खुलेका दिन एकै पटक ५० हजारभन्दा धेरैले चलाउने गरेको उनले बताए। जसले गर्दा समस्या देखिएको उनको भनाइ छ।