नेपालको सेयर बजारमा आज नयाँ रेकर्ड कायम भएको छ। नेप्से परिसूचक ऐतिहासिक बिन्दुमा पुगेको छ।
चार वर्ष पहिले कायम भएको १ हजार ८ सय ८१ अंकको उच्चतम बिन्दुलाई उछिन्दै नेप्से परिसूचकले १९ सय पार गरेको छ।
आजको कारोबारमा परिसूचक १९ सय २६ बिन्दु छोएको छ। पछिल्लो समय नेप्से परिसूचक बढिरहेको छ। मध्यान्ह १२ः ३६ बजेसम्म ३ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ।