एनएमबी बैंकले भाइबर, फेसबुक र एनएमबी इ–एपबाट खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सुविधा ल्याएको छ।
ग्राहकले सातै दिन बचत खाता खोल्न सक्ने बैंकले बताएको छ। नयाँ खातामा तुरुन्तै खाता नम्बर पाइने र डिपोजिट हुनेछ।
पहिलो पटकको कारोवारमा ग्राहकले इ–एनएमबी एपको माध्यमबाट ५ सयसम्म क्यासब्याक पाउनेछन्।
सोही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाइसी अपडेट, ठेगानामा परिवर्तन लगायत धेरै सुविधाहरु पाइने बैंकले जानकारी दिएको छ।