मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत भएको छ।
यो बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाइ दिएको बचत सेवाको प्रभावकारितालाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरेको थियो। सो आधारमा उक्त बैंक युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो।
यो अवार्डका लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए।
लक्जमवर्गमा आयोजित उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंकसँगै वेनिन र इथोपियाका १/१ वटा लघुवित्त संस्थाहरु छनौट भएका थिए।
विजयी बनेको बैंकले १ लाख युरो प्राप्त गरेको छ।
यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैंकको भनाइ छ।
मुक्तिनाथ विकास बैंकले १३८ वटा शाखाहरु मध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।