एनआइसी एशिया बैंकको चेक जम्मा गर्न अनलाईनबाटै भौचर भर्न सकिने भएको छ।
ग्राहकले आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटरमार्फत् यस बैंकको चेक आफुले चाहेको खातामा जम्मा गर्नसक्ने भएका हुन्।
बैंकको आइसर्भ डट एनआइसी एसिया बैंक डट कम लिंकमा गएर चेक जम्मा गर्न सकिन्छ।
बैंककाअनुसार उक्त लिंकभित्र सेवाग्राहीका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ।
आफुलाई पायक पर्ने शाखाबाट आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत डिपोजिट कोड बैंकले पठाउँछ।
कोड भएर सेवाग्राही सिधैं बैंकको शाखामा गएर भौचर बिना नै काउण्टरमार्फत आफुले चेक जम्मा गर्न चाहेको खातामा जम्मा गर्न सक्छन्। चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा गएर आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझिन्छ।
यसपछि बैंकका कर्मचारीले चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई दिन्छ।
यो सुविधाले लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ। बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाईन प्रणालीबाट भर्ने प्रणाली ल्याएको बताएको छ।
साथै ‘डिजिटल एकाउन्ट ओपनिङ प्रणालीको सुरु गरिएको छ। जसमा शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न सकिन्छ।
यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिदैं आएको छ।