बैंक अफ काठमाडौंको नाफामा गिरावट आएको छ। गएको वर्षको वित्तीय विरणअनुसार बैंकले अघिल्लो वर्षको तुलनामा २२ प्रतिशत न्यून नाफा आर्जन गरेको छ।
बैंकले गएको वर्ष १ अर्ब ४७ करोड नाफा कमाएको छ। अघिल्लो वर्ष उसले १ अर्ब ८९ अर्ब नाफा आर्जन गरेको थियो।
नोक्सानी व्यवस्थापनमा बैंकले गएको वर्ष ठूलो लगानी गर्नुपर्दा नाफा खुम्चिएको प्रष्ट पारेको छ। उसले यस्तो शिर्षकमा मात्र गएको वर्ष ५३ करोड रुपैयाँ खर्चिएको छ।
बैंकले खुद ब्याज आम्दानी गएको वर्ष ३ अर्ब ५९ करोड गरेको छ। यो अघिल्लो वर्षको तुलनामा न्यून हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब ७७ करोड यो शिर्षकमा कमाएको थियो।
तयस्तै बैंकले शुल्क तथा कमिशनबाट ४९ करोड कमाएको छ। यस्तो आम्दानी भने बैंकले अघिल्लो वर्षको तुलनामा ३ करोड रुपैयाँ बढाएको छ। सबै मिलाएर बैंकले सञ्चालन आम्दानी गएको वर्ष ४ अर्ब ४६ करोड रुपैयाँ गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २० करोडले न्यून हो। सञ्चालन मुनाफा पनि बैंकको ५७ करोडले घटेको छ।
बैंकको बितरणयोग्य नाफा भने ८८ करोड मात्र रहेको छ। प्रतिशेयर आम्दानी १७ रुपैयाँ २६ पैसा रहेको छ।
बैंकले गएको वर्षसम्म ९२ अर्ब निक्षेप संकलन गरेको छ। एक वर्षमा यो १० अर्ब धेरै हो। त्यस्तै बैंकले गएको वर्षसम्म ७५ अर्ब ऋण परिचालन गरेको छ। यो अघिल्लो वर्षसम्मकाे तुलनामा ५ अर्ब धेरै हो।