हिमालयन बैंकले तीन वर्षदेखिन निष्क्रिय र न्यून रकम मौजदात भएका खाता बन्द गर्ने भएको छ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै २ सयभन्दा न्यून बचत भएका र तीन वर्षदेखि कुनै पनि कारोबार नभएका निक्षेप खाताहरु बन्द गर्ने जानकारी दिएको छ।
त्यस्ता खाता भएका ग्राहकलाई सम्बन्धित शाखामा उपस्थित भइ सक्रिया गराउन बैंकले अनुरोध गरेको छ।
आउने असोज ३० गतेसम्म त्यस्ता खाता सक्रिय नबनाए बैंकले कुनै पनि जानकारी नदिइ बन्द गराउने अवगत गराएको छ।