नेपाल पुर्नबीमा कम्पनीले गएको वर्ष ९१ करोड ६९ लाख रुपैयाँ मुना आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशतले बढी हो।
कम्पनीले जीवन र निर्जिवन बीमाको पुर्नबीमा गरिरहेको छ। तर व्यापार र नाफाको हिसाबले निर्जिवनबाट हुने धेरै हिस्सा रहेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार जीवन बीमाबाट ९ करोड आम्दानी गरेको छ भने निर्जिवनबाट साढे ८२ करोड आम्दानी गरेको छ।
गएको वर्ष कम्पनीले प्रमियम भने ३९ प्रतिशतले बढाउन सफल भएको छ। यो वर्षको अन्त्यसम्म कूल प्रिमियम ४ अर्ब ९४ करोड संकलन भएको कम्पनीले जानकारी दिएको छ।
अघिल्लो वर्ष कम्पनीको कूल प्रमियम ३ अर्ब ५४ करोड रुपैयाँ थियो।