नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सेवाको सुरु गरेको छ।
मंगलबारबाट सुरु गरिएको ‘स्क्यान एन्ड वीड्र’मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्ने बैंकले बताएको छ।
बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ। नबिल बैंकले चाँडै यो सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने भएको छ।
नबिल बैंकका ग्राहकले चेक/एटिएम कार्ड बोक्न बिर्सिए पनि मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर बैक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरेर खाताबाट रकम झिक्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिए।
ग्राहकले क्यूआर कोड स्क्यान गर्दा स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले ग्राहकलाई झिक्न खोजिएको रकम दिनुपर्नेछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शाहकाअनुसार स्क्यान एन्ड वीड्रमार्फत नबिल बैंकका ग्राहकले सहज र छिटो सेवा प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ।
नबिल बैंकको देशभरी ११८ शाखाहरु र १७८ एटिएम काउण्टरहरु रहेका छन्।