कुमारी बैंक लिमिटेडले साविकको देवः विकास बैंक लिमिटेडलाई प्राप्ती गरी आइतबारदेखि आधिकारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ।
कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ प्रा) ले संयुक्त रुपमा समुद्घाटन गर्दै एकीकृत कारोबारको सुरु गरे।
यस नयाँ कार्य थालनीपछि कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २१६, एटिएम संख्या १३८ लगायत कूल निक्षेप १२४ अर्ब, कूल कर्जा प्रवाह ११२ अर्ब तथा सेयर पूँजी १२.५२ अर्ब रुपैयाँ पुगेको छ।